Lite Nepal

मंगलबार, भाद्र २३, २०७७

काठमाडौ । नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर वडले नेपालको पर्यटन विकासमा अष्ट्रेलियाको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई सँग भएको शिष्टाचार भेटवार्ताका क्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मन्त्रालयमा भएको बिदाई भेटका अवसरमा उनले नेपाल बसाइँ अत्यन्त सुखद स्मरणीय भएको समेत बताए ।

‘यो कार्यकाल भित्र नेपालका थुप्रै स्थानको भ्रमण गर्ने अवसर मिल्यो, यसबाट नेपालको भौगोलिक, सामाजिक, साँकृतिक एवं पर्यटकीय सम्पदाहरुको नजिकवाट अनुभव गर्ने अवसर प्राप्त भयो,’ राजदुत पीटरले भने ।

उनले कोभिड १९ ले सृजना गरेको विकराल समस्याका बिच लकडाउनमा नेपालका विभिन्न जिल्लाहरुमा अड्कीएका अष्ट्रेलियन नागरिकहरुलाई सकुशल उद्धार गरि नेपाल वायुसेवा मार्फत स्वदेश पठाउने व्यवस्था गरेकोमा मन्त्री भट्टराईलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्ताका क्रममा मन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाको बिचमा हवाई सम्झौत्ता भई सकेको र उद्धार उडान सफलतापूर्वक सम्पन्न भएकोले निकट भविष्यमा नै सिधा हवाई सम्पर्क स्थापित हुने विश्वास व्यक्त गरे ।

उनले अष्ट्रेलियामा नेपालको पर्यटन प्रबर्धनमा राजदुतको सहयोगको अपेक्षा व्यक्त गरे ।

राजदुत पीटरले आफ्नो तीन बर्षे कार्यकाल पुरा गरी स्वदेश फर्कनु अघि मन्त्री भट्टराईसँग बिदाई भेट गरेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं