Lite Nepal

आइतबार, आश्विन ०४, २०८३

काठमाडौं । हिउँ पहिरोमा पुरिएर मनास्लु हिमालमा दुई जनाको मृत्यु भएको छ । भारतीय मूलका जर्मनीका नागरिक र उनका सहयोगी नेपाली नागरिकको गएराति हिउँ पहिरोमा पुरिएर मृत्यु भएको हो ।

सुतिरहेको टेण्टमा माथिबाट आएको हिउँ पहिरोले पुरिएर जर्मनीका आरोही ध्रुवज्योति गुहा र उनका आरोहण सहयोगी फुर्सेम्बा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै जना मकालु एड्भेञ्चर कम्पनी प्रालिबाट मनास्लु आरोहणका लागि गएका थिए ।

तेस्रो शिविरमा टेण्टभित्रै करिब सात फिट हिउँले पुरिएर दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको शव सोमबार हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी भएको छ ।

यससँगै मनास्लुमा यस याममा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि सिंगापुरका आरोही ५० वर्षीय लाउ वी सेङको पनि दोस्रो शिविरमा मृत्यु भएको थियो । साथै नेपाली सहयोगी २० वर्षीय टासी शेर्पाको पनि आधारशिविरमा मृत्यु भएको थियो । मनास्लु आरोहणका लागि यस याममा ४८० विदेशी आरोहीले अनुमति लिएका छन् । आरोहणको रोप फिक्सिङ सम्पन्न भइसकेको छ । आरोहीहरु आरोहणको अन्तिम तयारी गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं