Lite Nepal

शनिबार, भाद्र २७, २०७७

काठमाडौं । कक्षा १२ का विद्यार्थीहरुको राष्ट्रिय परीक्षा बोर्डले विवरण संकलन गर्ने भएको छ ।

रोकिएको परीक्षा तयारीका लागि बोर्डले विवरण संकलनको तयारी अघि बढाएको हो ।

बोर्डले परीक्षा आवेदन फाराम भरेका विद्यार्थी महामारीका कारण अध्ययनरत विद्यालयभन्दा फरक जिल्ला वा स्थानमा बसिरहेका छन् वा छैनन भन्ने विवरण संकलन गर्ने बताईएको छ ।

सात दिनभित्र बोर्डको प्रदेश वा शाखा कार्यालयमा आइपुग्ने गरी विवरण संकलन गर्न लागेको बताईएको छ ।

शिक्षा ऐनअनुसार कक्षा १२ को परीक्षा स्थगित गर्न नमिल्ने भएको हुनाले वैकल्पिक माध्यमबाट परीक्षा लिने तयारी भइरहेको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं