काठमाडौं । कक्षा १२ का विद्यार्थीहरुको राष्ट्रिय परीक्षा बोर्डले विवरण संकलन गर्ने भएको छ ।
रोकिएको परीक्षा तयारीका लागि बोर्डले विवरण संकलनको तयारी अघि बढाएको हो ।
बोर्डले परीक्षा आवेदन फाराम भरेका विद्यार्थी महामारीका कारण अध्ययनरत विद्यालयभन्दा फरक जिल्ला वा स्थानमा बसिरहेका छन् वा छैनन भन्ने विवरण संकलन गर्ने बताईएको छ ।
सात दिनभित्र बोर्डको प्रदेश वा शाखा कार्यालयमा आइपुग्ने गरी विवरण संकलन गर्न लागेको बताईएको छ ।
शिक्षा ऐनअनुसार कक्षा १२ को परीक्षा स्थगित गर्न नमिल्ने भएको हुनाले वैकल्पिक माध्यमबाट परीक्षा लिने तयारी भइरहेको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ ।