Lite Nepal

शनिबार, भाद्र २७, २०८३

काठमाडौं । विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदैछ । विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइँसराइ बढ्दै गइरहेका छ । नेपालमा पनि विपद्, बाढीपहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरहरूको खोजीमा मानिसहरू बसाइँसराइ गर्ने गरेका छन् ।

यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ “ बसाइँसराइ यात्रा सहज हुँदैन यसमा विभिन्न बाधा व्यवधानहरू आउन सक्छन् जस्तै अनिश्चित जीवन अवस्था, जीविकोपार्जनका उपाय नहुनु, आधारभूत स्वास्थ्य सेवाको पहुँचमा अवरोध, जोखिमपूर्ण मार्गको प्रयोग, भाषा, संस्कृति, भौगोलिक अवस्था आदिको जानकारी नहुनु, प्रशिक्षणको अभाव आदिका कारण बसाइसराइ गर्ने व्यक्तिमा एक्लोपन, चिडचिडाहट, थकान, मानसिक दवाव, स्वास्थ्य स्थितिमा गिरावट, बिरामीपन अनुभव, मानसिक तनाव हुन सक्छ । ”

यसैगरी बसाइँसराइ गर्नेहरूलाई डिहाइड्रेसन, हाइपोथर्मिया, कुपोषण, थकान, आघातजन्य चोटपटक, डुब्ने, असुरक्षित काम गर्नुपर्ने अवस्था र मनोवैज्ञानिक पीडा जस्ता उच्च जोखिम मात्र नभै बसाइँसराइका विभिन्न चरणहरूमा सामना गर्ने शारीरिक र मनोवैज्ञानिक दुर्व्यवहार, बारम्बार हिंसा आदि जस्ता बाधा व्यवधानहरूको सामना गर्नुपर्ने हुन सक्छ । यस्तो अवस्थामा प्राथमिक उपचारसम्बन्धी ज्ञान र सीपले घाइते तथा बिरामीको तत्काल उद्धार, स्वास्थ्य अवस्था बिग्रन नदिन र जीवन रक्षा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ “महामारी, दुर्घटना, विपद्, द्वन्द्व तथा अन्य आकस्मिक परिस्थितिमा प्राथमिक उपचार सेवाको आवश्यकता निरन्तर बढिरहेको सन्दर्भमा हालै आएको भोटेकोशी बाढीको समयमा नेपाल रेडक्रसका प्रशिक्षित स्वयंसेवकहरूले प्राथमिक उपचार, मनोवैज्ञानिक प्राथमिक उपचार, तथा प्रतिकार्यका अन्य गतिविधि लगायत मानवीय सेवा प्रदान गरी यसको महत्वलाई थप पुष्टि गरेका छन् । ”

नेपाल रेडक्रसले नेपाल सरकारका सुरक्षा निकाय, संयुक्त राष्ट्रसंघीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्था, कूटनीतिक नियोग, औद्योगिक तथा व्यावसायिक क्षेत्रलगायत सरोकारवालासँग समन्वय र साझेदारी गर्दै प्राथमिक उपचारसम्बन्धी प्रवर्द्धनात्मक प्रशिक्षण तथा सेवामूलक कार्यक्रम सञ्चालन गर्दै सकेसम्म सबैमा प्राथमिक उपचारको पहुँच पुर्‍याउन प्रयासरत रहेको जनाएको छ ।

यस अवसरमा, नेपाल रेडक्रस सोसाइटीले ‘बसाइसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नारालाई आत्मसात् गर्दै प्राथमिक उपचारको ज्ञान, सीप र अभ्यासलाई व्यापक बनाउन तथा ‘हरेक घरमा एक प्राथमिक उपचारकर्ता ’ भन्ने अभियानलाई सार्थक बनाउन सबैलाई आह्वान गरेको छ । विज्ञप्तिमा भनिएको छ “जीवन रक्षा अभियानमा योगदान पुर्‍याउने सम्पूर्ण प्राथमिक उपचार प्रशिक्षक तथा स्वयंसेवकहरू प्रति उच्च सम्मान व्यक्त गर्दै हार्दिक धन्यवाद दिन चाहन्छौँ । ”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं