Lite Nepal

आइतबार, भाद्र २८, २०७७

विराटनगर । विराटनगरका एक कोरोना संक्रमितको आईतबार धरानमा मृत्यु भएको छ ।

विराटनगर १२ का ७० वर्षीय पुरुषको दिउँसो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

उनलाई भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरको म्याक्स अस्पतालले रेफर गरेकको थियो ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएर भदौ १७ गतेबाट बीपीको कोभिड अस्पतालमा भर्ना गरि उपचार थालिएको थियो ।

योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

विराटनगरमा कोरोना संक्रमितको संख्या १ हजार ४७२ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं