Lite Nepal

सोमबार, आश्विन १२, २०८३

काठमाडौं । ललितपुर महानगरपालिका–२४ धापाखेलमा साढे दुई तले घर भत्किएको छ। सोमबार बिहान करिब ६ बजेर ३५ मिनेटमा सोवितकुमार थापाको घर भत्किएको ललितपुर प्रहरीले जानकारी दिए।

घर जोखिममा रहेको भन्दै घरधनीलाई अघिल्लो दिन नै घर खाली गर्न आग्रह गरिएको थियो। त्यसैले घर भत्किँदा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। उक्त घरमा थापासहित तीन जनाको परिवार बस्दै आएको थियो।

अविरल वर्षाका कारण जमिन गलेर कमजोर बनेपछि भिरालो सतहमा निर्माण गरिएको घर भत्किएको र घर भत्किँदा घरमुनि रहेको खोल्सोसमेत थुनिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं