Lite Nepal

सोमबार, आश्विन १२, २०८३

विराटनगर । संखुवासभा र धनकुटाबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट ५ बुङ्ग तास र २ लाख ४ हजार ३ सय ८० रुपैयाँ नगद बरामद गरेको छ।

संखुवासभाको खाँदबारी नगरपालिका–८ जिरो प्वाइन्टस्थित मानबहादुर तिवारीको घरबाट ५ जनालाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट १ बुङ्ग तास र ८९ हजार ८३० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

यस्तै, धनकुटा नगरपालिका–१ हिलेस्थित सिताराम श्रेष्ठको घरबाट ८ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ४ बुङ् तास, ११९ वटा गोटी र १ लाख १४ हजार ५५० रुपैयाँ नगद बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेकामाथि आवश्यक कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं