Lite Nepal

मंगलबार, आश्विन १३, २०८३

झापा । झापाको बिर्तामोडमा एक युवतीलाई हातखुट्टा र घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बिर्तामोड नगरपालिका-५ मा डेरामा बस्दै आएकी २२ वर्षीया रविना मगरमाथि उक्त घटना भएको हो। इलामको रोङ गाउँपालिका-३ घर भएकी मगरको कोठामा असोज १२ गते राति करिब १०:३० बजे भारतको किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भएका ४२ वर्षीय दिलिप चन्द्र राय प्रवेश गरेका थिए।

रायले मादक पदार्थ सेवन गरी पेट्रोलसमेत लिएर मगरको कोठामा प्रवेश गरेको र तन्ना च्याती उनको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

त्यसपछि उनले मगरलाई आगो लगाउने प्रयास गरेको प्रहरीले जनाएको छ। घटनाबारे सूचना प्राप्त भएपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले रायलाई नियन्त्रणमा लिएर घटनासम्बन्धी अनुसन्धान अघि बढाएको छ।

घटनामा घाइते मगरको बिर्तामोडस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका राय बिर्तामोड नगरपालिका-५ स्थित इलाम स्टेनमा रहेको अमृत भोग मिठाई पसलमा काम गर्दै आएको प्रहरीले जनाएको छ। घटनाको कारण तथा अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं