Lite Nepal

मंगलबार, आश्विन १३, २०८३

ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको समन्वयमा तीन जिल्लाको प्रहरी प्रमुख बिच अन्तरजिल्ला प्रहरी समन्वय बैठक सम्पन्न भएको छ ।

भर्चुअल माध्यम (जुम) बाट मंगलबार ताप्लेजुङ, तेह्रथुम र पाँचथरका प्रहरी प्रमुखबीच अन्तरजिल्ला प्रहरी समन्वय बैठक भएको हो ।

बैठकमा पछिल्लो समय देखिएको मनसुनजन्य विपद् तथा त्यसबाट उत्पन्न प्रभावका विषयमा छलफल भएको थियो।

अन्तरजिल्ला अपराध नियन्त्रण, सूचना आदान–प्रदान, अपराध अनुसन्धानमा सहकार्य, फरार प्रतिवादीको खोजतलास तथा पक्राउ, शान्ति सुरक्षा व्यवस्थापन एवं प्रहरी कार्यसम्पादनसँग सम्बन्धित समसामयिक विषयमासमेत विस्तृत अन्तरक्रिया गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

तीनवटै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षकहरूको सहभागिता रहेको बैठकमा अन्तरजिल्ला समन्वयलाई थप प्रभावकारी बनाउँदै विपद् व्यवस्थापन, अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न आपसी सहयोग, सहकार्य र सूचनाको प्रभावकारी आदान–प्रदानलाई निरन्तरता दिने विषयमा जोड दिइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं