Lite Nepal

मंगलबार, आश्विन १३, २०८३

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकबाट ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत भएको छ ।

सैद्धान्तिक छलफलपश्चात् सर्वसम्मतिबाट स्वीकृत भएको सो विधेयकमाथि अब संशोधन पेस भई सम्बन्धित समितिमा छलफल हुनेछ ।

यसअघिको अध्यादेशबाट संशोधन गरिएका केही नेपाल ऐनका केही व्यवस्थाहरू निष्क्रिय भएकाले सरकारले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक ल्याएको हो ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेकी छन् ।

उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद सुशीला ढकाल आचार्यले उक्त विधेयक राजनीतिक स्वार्थभन्दा माथि उठेर कानुनी स्थायित्व कायम हुनुपर्नेमा जोड दिइन्।

सांसद साजिदा खातुन सिद्धिकीले पुनर्जीवित गरिने सबै व्यवस्था संविधानसँग बाँझिए/नबाँझिएको विषयमा स्पष्ट हुनुपर्ने बताइन्। कानुन कार्यान्वयन निकाय र समय सीमाबारे पनि स्पष्ट हुनुपर्नेमा उनले जोड दिइन्।

सांसद अफ्साना बानुले त्यस विधेयकले प्रशासनलाई अन्योलबाट बचाउने सुनिश्चिता हुनुपर्नेमा जोड दिइन्। सांसद एशुदाकुमारी बरालले अध्यादेशबाट शासन सञ्चालन गर्ने शैलीबाट माथि उठ्न सरकारसँग आग्रह गरिन्।

उक्त विधेयकमाथिको छलफलमा सांसद आरेन राई, डा. ललिता कुमारी, टुकाभद्रा हमाल, डा. पुष्पराज कँडेल, बलावती शर्मा, पार्वती विक, गुरुप्रसाद बराल, गङ्गादेवी श्रेष्ठले छलफलमा भाग लिए।

छलफलमा उठेका विषयको जवाफ दिँदै मन्त्री गौतमले अध्यादेश निष्क्रिय भएका केही नेपाल ऐनका दफालाई पुनः जगाउने नीतिगत निर्णय गरेबमोजिम सरकारले विधेयक पेस गरेको जानकारी गराइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं