Lite Nepal

मंगलबार, आश्विन १३, २०८३

विराटनगर । विराटनगरको हस्पिटल चोकमा सञ्चालित तीन वटा फार्मेसी शिलबन्दी गरिएको छ। औषधि व्यवस्था विभागले मंगलबार इमान फार्मेसी, खुश फार्मेसी र सुरेश फार्मेसीमा शिलबन्दी गरेको हो।

औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक एलन खड्काका अनुसार फार्मेसीको नवीकरण नगरेको तथा अनुचित रूपमा औषधि भण्डारण गरेको पाइएपछि ती फार्मेसी शिलबन्दी गरिएको हो।

खड्काका अनुसार विभागले गरेको अनुगमनका क्रममा नियमविपरीत सञ्चालन तथा औषधि भण्डारण गरिएको पाइएपछि कारबाहीस्वरूप शिलबन्दी गरिएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं