Lite Nepal

मंगलबार, आश्विन १३, २०८३

गाजा । गुगल म्याप्सले अद्यावधिक गरेको नयाँ भूउपग्रह तस्बिरहरूले इजरायली आक्रमणको झन्डै तीन वर्ष पुग्नै लाग्दा गाजा स्ट्रिपमा भएको व्यापक विनाशको भयावह चित्र सार्वजनिक गरेको छ।

गाजाका बस्तीका बस्तीहरू भग्नावशेषमा परिणत भएका छन् भने मुख्य सडकहरू धमिलो रेखाका रूपमा मात्र बाँकी रहेकाले अब गाजाको एउटा भागलाई अर्को भागबाट छुट्याउन लगभग असम्भव बनेको छ। कृषि भूमिलाई जलाएर नष्ट पारिएको छ भने सयौँ वर्ष पुराना धार्मिक स्थलहरू पनि क्षति पुर्‍याइएका वा पूर्ण रूपमा ध्वस्त पारिएका छन्।

संयुक्त राष्ट्रसङ्घीय उपग्रह केन्द्र (युनोस्याट) को हालैको मूल्याङ्कनअनुसार करिब एक वर्षअघि ‘युद्धविराम’ लागू भएयता पनि गाजाभर ध्वस्त भएका संरचनाको सङ्ख्या ९ प्रतिशतले बढेको छ। प्यालेस्टिनी शरणार्थीका लागि राष्ट्रसङ्घीय निकाय (युएनआरडब्ल्यूए) का अनुसार गाजाका करिब ८२ प्रतिशत संरचना (लगभग २ लाख भवन) क्षतिग्रस्त भएका छन्, जसमध्ये दुई तिहाइ पूर्ण रूपमा नष्ट भइसकेका छन्।

सन् २०२३ अक्टोबर ७ देखि गाजामा सुरु भएको आक्रमणमा परी हालसम्म ७४ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ भने १ लाख ७५ हजारभन्दा बढी घाइते भएका छन्। भग्नावशेषमुनि अझै धेरै मानिस हराइरहेकाले वास्तविक मृतकको सङ्ख्या योभन्दा बढी हुनसक्ने अनुमान गरिएको छ। गत वर्ष अक्टोबरमा भएको ‘युद्धविराम’ यता मात्रै १ हजार ४ सयभन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने करिब ५ हजार घाइते भएका छन्।

गुगल म्याप्समा हालै सार्वजनिक गरिएका भूउपग्रह तस्बिरहरूको प्रयोग गर्दै अल जजिराले दक्षिणको रफाहदेखि उत्तरी गाजासम्म युद्धअघिको गाजा र आजको गाजाको तुलनात्मक विश्लेषण गरेको छ। यस क्रममा रफाहका तस्बिरहरू यसै वर्ष खिचिएका हुन् भने उत्तरी गाजाका तस्बिरहरू सन् २०२४ र २०२५ का रहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं