Lite Nepal

बुधबार, आश्विन १४, २०८३

काठमाडौं । सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरहरूसँग जोड्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा बुधबारदेखि ‘सीप तथा रोजगार मेला’ आयोजना गरेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले आयोजना गरेको मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ । मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम छ ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा आयोजना हुने उद्घाटन सत्रमा सांस्कृतिक झाँकीका रूपमा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति रहनेछ । त्यसलगत्तै युवालाई उद्यमशीलतातिर आकर्षित गर्ने लक्ष्यका साथ ‘आजको युवा, भोलिको उद्यमी: सार्क संवाद’ शीर्षकमा विशेष प्यानल छलफल सञ्चालन गरिनेछ ।

​मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता र तालिम प्रदायक संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको मन्त्रालयले जनाएको छ ।

आजै दिउँसो १२ देखि ५ बजेसम्म तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ, रोजगारदाता र तालिम प्रदायकको परिचय तथा सूचना परामर्श सेवाहरू सञ्चालन गरिने भएको छ ।

बिहीबारदेखि असोज १९ गतेसम्म १० वटा विभिन्न विषयगत (ट्रेड) क्षेत्रमा पाँच दिने व्यावहारिक तालिमहरू सञ्चालन हुनेछन् । मेला अवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफलहरू निरन्तर जारी रहने मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं