Lite Nepal

बुधबार, आश्विन १४, २०८३

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा क्षति पुग्दा करिब ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएपछि सरकारले वैकल्पिक विद्युत् व्यवस्थापनको तयारी थालेको छ।

बाढीका कारण त्रिशूली करिडोरबाट काठमाडौंको बालाजु र चपली क्षेत्रमा हुने विद्युत् आपूर्ति अवरुद्ध भएपछि ती क्षेत्रमा प्रसारण लाइनमा चाप बढेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ। वैकल्पिक आपूर्ति व्यवस्थाका लागि नेपाल विद्युत् प्राधिकरणले टास्क फोर्स गठन गरी काम अघि बढाएको मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले बताए।

यसैबीच, हिउँदको विद्युत् माग व्यवस्थापन गर्न काठमाडौंमा थप भूमिगत ग्रिड निर्माण तथा भूमिगत तार व्यवस्थापनका लागि मन्त्रालयले सडक विभाग र काठमाडौं महानगरपालिकासँग छलफल गरेको छ।

छलफलमा सडक विभाग र महानगरपालिकाले भूमिगत ग्रिड तथा तार व्यवस्थापनका लागि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति थप विश्वसनीय बनाउन भूमिगत प्रणाली विस्तार गर्ने जनाएको छ।

प्राधिकरणले हिउँदमा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि टास्क फोर्समार्फत काम अघि बढाइरहेको छ। सम्बन्धित सबै निकायबीच समन्वय र सहकार्य गरी काठमाडौंको विद्युत् चाप व्यवस्थापन गर्ने तयारी भइरहेको प्राधिकरणका अधिकारीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं