Lite Nepal

बुधबार, आश्विन १४, २०८३

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ। १८ असोजदेखि हुने महाधिवेशनका लागि प्रतिनिधि शुल्क तय गरिएको हो।

१५औँ महाधिवेशनमा अघिल्लो महाधिवेशनको तुलनामा २ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन्। निर्वाचन समितिका अनुसार यसपटक करिब ७ हजार प्रतिनिधि हुनेछन्।

१४औँ महाधिवेशनमा ४७ सयभन्दा बढी प्रतिनिधि सहभागी भएका थिए। त्यतिबेला एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि चयन भएका थिए। यसपटक भने विधान संशोधन गरी एक निर्वाचन क्षेत्रबाट ३३ जना प्रतिनिधि चयन हुने व्यवस्था गरिएको छ। महाधिवेशन प्रतिनिधिका लागि होटल बुकिङ पार्टीले गर्नेछ। तर होटलमा बस्दा लाग्ने शुल्क भने प्रतिनिधि स्वयंले व्यहोर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं