Lite Nepal

बुधबार, आश्विन १४, २०८३

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनस्थलमा विवाद चर्किएपछि झडप भएको छ। सुन्दरहरैँचा–४ स्थित सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा बुधबार भएको घटनापछि मनोनयन दर्तासहितको निर्वाचन प्रक्रिया प्रभावित भएको हो।

मनोनयन दर्ताका क्रममा प्रतिनिधिको नामावलीमा एक महिलाको नाम समावेश नभएको विषय उठेपछि विवाद सुरु भएको प्रत्यक्षदर्शी क्षेत्रीय प्रतिनिधिहरूले बताएका छन्। विवाद बढ्दै गएपछि अधिवेशनस्थलमा तोडफोडसमेत भएको उनीहरूको भनाइ छ।

घटनामा केही व्यक्ति घाइते भएको मोरङ प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार घाइतेहरूलाई उपचारका लागि विराटनगर ल्याउने तयारी गरिएको थियो। घटनापछि अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो।

प्रत्यक्षदर्शीका अनुसार झडपका क्रममा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तबदार, चेतराज रेग्मी र समुन्द्र पोखरेलमाथि कुटपिट भएको दाबी गरिएको छ। महाधिवेशन प्रतिनिधिका उम्मेदवार डा. डिला संग्रौला पनि घटनाका क्रममा बाहिर निस्किएको बताइएको छ।

अधिवेशनस्थलमा रहेका करिब ५० देखि ६० वटा कुर्सीमा क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन्। प्रहरीले भने घटनाको विस्तृत विवरण संकलन भइरहेको जनाएको छ।

झडपपछि निर्धारित मनोनयन दर्ता प्रक्रिया रोकिएको छ। अब बाँकी निर्वाचन प्रक्रिया कहिले र कुन प्रक्रियाबाट अघि बढाउने भन्ने विषयमा अन्योल कायम रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं