डोटी । जिल्ला अस्पताल डोटीको शौचालयमा स्वास्थ्यकर्मी मृत फेला परेका छन् ।
अस्पतालमै कार्यरत बोगटान फुड्सिल गाउँपालिका-६ बस्ने ३४ वर्षीय अहेब प्रेम बोगटी बुधबार बिहान मृत फेला परेका छन् ।

उनी शौचालय गएर नफर्किएपछि खोजी गर्ने क्रममा शौचालयमै मृत भेटिएका हुन् ।

थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।