Lite Nepal

बुधबार, आश्विन १४, २०८३

काठमाडौं । त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका चालक अर्जुन दोङ तामाङकी आमा माइलीमाया दोङ छोराको लागि न्याय माग्दै सिंहदरबार दक्षिण गेटमा धर्नामा बसेकी छन् । सरकारले आफ्नो छोराको परिवारका सदस्यको भविष्यबारे कुनै निर्णय नगरेको उनले दुखेसो व्यक्त गरिन् ।

गत असोज ५ गते त्रिपुरेश्वरमा रिद्धिसिद्धि बसमा आगजनी गरेका दोङको भोलिपल्ट मृत्यु भएको थियो ।

ट्राफिक प्रहरीसँगको झडपपछि उनले आक्रोशमा आफैँले चलाएको बसमा आगजनी गरेका थिए । उक्त आगजनीमा परेर गम्भीर घाइते भएका उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका बासिन्दा अर्जुनको शव परिवारले अहिलेसम्म बुझ्न मानेको छैन ।

घटनाको दुई साता हुँदासमेत सरकारले कुनै चासो नदेखाएपछि पीडित परिवारका सदस्य न्याय माग्दै सिंहदरबारको ढोकामा पुगेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं