Lite Nepal

बुधबार, आश्विन १४, २०८३

ताप्लेजुङ । पाथीभरा देवी दर्शन केबलकार प्रा.लि ले ताप्लेजुङको दोभान बजारका आगलागी पीडितका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

प्रा. लिका प्रतिनिधि बुधवार दोभान बजारमा पुगेर उक्त रकमको चेक हस्तान्तर गरिएको केबलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले जानकारी दिए ।

कम्पनीले ताप्लेजुङका विभिन्न सामाजिक काममा समय समयमा सहयोग पनि गर्दै आएको छ ।

ताप्लेजुङको दोस्रो ठुलो व्यापारिक केन्द्र दोभान बजारमा गत असोज ८ गते आगलागी भएको थियो ।

आगलागी हुँदा १० घरमा क्षति पुगेको बताइएको छ । दिउँसो स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं