Lite Nepal

बुधबार, आश्विन १४, २०८३

विराटनगर । काठमाडाैंलाई जोड्ने पृथ्वी र बीपी राजमार्ग सञ्चालनमा आएका छन् ।

लगातारको वर्षापछिको बाढी पहिरोले अवरुद्ध दुवै राजमार्गअन्तर्गतका विभिन्न खण्डको मर्मतपछि नियमित गाडी सञ्चालन हुन थालेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पृथ्वी राजमार्गबाट ठूला मालवाहकसहित सबै गाडी चल्न थालेका छन् । जोखिमयुक्त ठाउँमा प्रहरी परिचालन गरेर व्यवस्थापन भइरहेको छ ।

यस्तै पहिरो र लेदो हटाउनुको साथै रोशी खोलाको बाढीले भत्काएको ठाउँहरूमा मर्मत गरेपछि बीपी राजमार्ग पनि सञ्चालनमा आएको छ ।

सङ्घीय राजधानीबाट पूर्वतर्फ जाँदा भकुण्डेबेसीदेखि नेपालथोकसम्म २५ किलोमिटर सडक अवरुद्ध भएको थियो ।

बीपी राजमार्गका चौकीडाँडा, रोशी गाउँपालिकाका घुमाउने र एक नम्बर पुल आसपास सडक बगेकाले थोरी ठाउँमा एकतर्फी गाडी चलाइरहेको भए पनि नियमित यात्रामा समस्या नरहेको प्रहरीले जनाएको छ ।

सङ्घीय राजधानी पूर्वको अर्को सडक अरनिको राजमार्गको धुलिखेल नगरपालिका–८ जिपलाइनमा अवरोध भएको सडकमा पनि एकतर्फी गाडी चल्न थालेको छ ।

मुस्ताङको बेनी–जोमसोम सडक खण्ड भने अझै अवरुद्ध छ । पोखरेबगरसहितका क्षेत्रमा सडक खुलाउने काम भइरहेको छ ।

मनाङको बेसीशहर–चामे सडकअन्तर्गत धारापानीको कोत्रो, तिवाङ र चामे आसपास सडक अवरुद्ध छ ।

चामेभन्दा माथि जाने पुलमा लेदो र काठ थुप्रिएपछि सफाइको काम भइरहेको छ । सडक खुलाउन २–३ दिन लाग्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं