Lite Nepal

आइतबार, साउन १८, २०७७

काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमणले विकराल रूप लिन थालेको छ। भारतमा पछिल्ला तीन दिनमा मात्र एक लाख ६७ हजार ५३५ जना संक्रमित थपिएका छन्।

१६ साउनमा भारतमा ५७ हजार ७०४ जना संक्रमित थपिएका वल्डोमिटर्सको तथ्यांक छ। त्यसको अघिल्लो दिन भारतमा ५४ हजार ९६६ जना संक्रमित थपिएका थिए। पछिल्लो २४ घण्टामा भारतमा ५४ लाख ८६५ जना संक्रमित थपिएका छन्। र, पछिल्लो २४ घण्टाकै अवधिमा भारतमा कोभिड–१९ का कारण ८५२ जनाको मृत्यु भएको छ। अघिल्लो दिन ७६५ जनाको मृत्यु भएको थियो।

यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमिमत हुनेको संख्या १७ लाख ५१ हजार ९१९ पुगेको छ। यसमध्ये ११ लाख ४६ हजार ८७९ जना कोरोनामुक्त भएका छन्। पाँच लाख ६७ हजार ६३७ जना सक्रिय संक्रमित रहेको भारतमा कोभिड–१९ बाट अहिलेसम्म ३७ हजार ४०३ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं