Lite Nepal

शनिबार, आश्विन १७, २०८३

काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ ।

कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । कोशी, मधेस, बागमती प्रदेशको तराई भू-भागका केही स्थानमा हुस्सु लागेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमामा आंशिक बादल लाग्नेछ। देशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा मध्यमसम्मको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधरणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग तथा देशको तराईमा आंशिक बादल लाग्नेछ। तराई भू-भागमा बिहानीपख हुस्सु लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भू-भागको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं