Lite Nepal

शनिबार, आश्विन १७, २०८३

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शनिवार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उनले उम्मेदवारी घोषणा गरेका हुन् । उनले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई जनतासँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।

उनले काँग्रेसलाई दूर दराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेको बताए। लोकतन्त्र पुन:स्थापनाका लागि विगतमा आफूले नेपाल, भारत र अमेरिकासम्म विभिन्न तहमा राजनीतिक गतिविधि र ‘लभिङ’ गरेको स्मरण गर्दै काङ्ग्रेससँग आफ्नो लामो राजनीतिक सम्बन्ध रहेको उल्लेख गरे ।

उनले भने, ‘हामी बीपी कोइराला, गिरिजाबाबुको क्षेत्रबाट सहभागी छौँ, हामी विराटनगरवासी, मोरङबासीहरूले त्यसमा गर्व पनि गर्छौं । अहिले बदलिँदो परिस्थितिमा नेपाली काङ्ग्रेसलाई जनतासँग प्रत्यक्ष रूपमा जोड्ने, दुरदराजमा भएका नेपाली नागरिकका पक्षमा काम गर्ने र २ छाक खानाको निम्ति सङ्घर्ष गरिरहेका र एउटा सामान्य रोग उपचार गर्नबाट वञ्चित भइरहेका तमाम हजारौँको सङ्ख्यामा देशमा विभिन्न दुरदराजमा रहेका नागरिकहरूको पक्षमा अनवरत रूपमा हामी काम गर्दै आएका छौँ । १२ बुँदे सम्झौतादेखि लिएर तत्कालीन प्रधानमन्त्री हाम्रो पार्टी सभापति गिरिजाप्रसाद कोइरालालाई हाउस एरेस्ट गरिरहेको बेला यहाँदेखि भारत हुँदै अमेरिका सम्म पुगेर डेमोक्रेटी डेमोक्रेसी रिनस्टेटको निम्ति लभिङ गर्दै आएको एउटा लामो इतिहास बोकेर आएको हुँ, मैले नेपाली काङ्ग्रेसको यसपालि महामन्त्री पदमा मैले आफ्नो उम्मेदवारी दर्ता गर्ने विचार गरेको छु, निर्णय गरेको छु र मेरा अग्रजहरू, मेरा साथीहरू र मुलुक भित्रबाट विभिन्न ठाउँबाट पाल्नुभएका तमाम नेपाली काङ्ग्रेसका सबै महाधिवेशन प्रतिनिधि ज्यूहरूलाई यो अभियानमा तपाईँहरूले साथ दिनुहुनेछ । हामीसँगै हातमा हात मिलाएर नेपाली काङ्ग्रेसलाई जनतासँग जोड्ने अभियान र काङ्ग्रेस बनाउने र काङ्ग्रेस बनिसकेपछि देश बनाउने, यो हाम्रो अभियानमा तपाईँहरूले साथ दिनुहुनेछ ।’

डा/ शर्मा मोरङ–३ बाट काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । त्यसअघि शर्मा बेलबारी नगरपालिका–४ बाट क्षत्रिय प्रतिनिधिमा सर्वसम्मत चयन भएका थिए । शर्मा नेपाली काँग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय छन्। काँग्रेसको १५ औँ महाधिवेशन आईतवारदेखी काठमाडौँको खुलामञ्चमा हुँदैछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं