Lite Nepal

सोमबार, आश्विन १९, २०८३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज १५ औं महाधिवेशनस्थल खुलामञ्चमा बस्ने भएको छ ।

बैठक बिहान १० बजे महाधिवेशनस्थल खुलामञ्चमा बस्न लागेको हो ।

बैठकमा बन्दसत्रमा पेस गर्ने प्रतिवेदनउपर छलफल हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

कार्यसमिति बैठक सम्पन्न भएलगत्तै महाधिवेशनको बन्दसत्र सुरु हुनेछ ।

बन्दसत्रमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन, महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्नेछन् । बन्दसत्रमा पेस हुने प्रतिवेदनमाथि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूबीच समूहगत छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं