Lite Nepal

सोमबार, आश्विन १९, २०८३

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चोकबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। आइतबार राति अस्थायी प्रहरी पोस्ट सखुवागाछी र ट्राफिक प्रहरी कार्यालय इनरुवा, सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख १८२५ नम्बरको ट्रकलाई शंकास्पद रूपमा रोकी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ट्रकमा बन्दा गोभीले छोपेर राखिएका ८३ वटा बोरा फेला परेका थिए। बोराभित्र गाँजाजस्तो देखिने पदार्थ भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएर तौल गर्दा कुल २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम रहेको पाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीले ट्रकसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ। पक्राउ पर्नेमा धनकुटाको शहीदभूमि गाउँपालिका–२ का ३३ वर्षीय राजु राई (चालक) र सोही स्थानका १८ वर्षीय सन्दिप राई (सहचालक) रहेका छन्। घटनाबारे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं