काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो।
अघिल्लो कारोबार दिन प्रतितोला २ लाख ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यता, चाँदीको मूल्य भने प्रतितोला ४० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।
