Lite Nepal

मंगलबार, आश्विन २०, २०८३

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट खारेज हुने फैसला गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार (असोज २०) वन्दीप्रत्यक्षकरण रिट खारेज गरिदिएको हो ।

दुर्गा प्रसाईको हकमा उनकी श्रीमती उमा प्रसाईंले नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटी काठमाडौंसमेतलाई विपक्षी बनाएर असोज १३ गते रिट दिएकी हुन् ।

दुईतर्फी सुनुवाईपछि बन्दीप्रत्यक्षीकरण रिट खारेज हुने फैसला भएको हो । रिट खारेज हुनुको आधार र कारणसहितको लिखित आदेश आउन भने बाँकी छ ।

यता, आजै जिल्ला अदालत काठमाडौंले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसुरमा मुद्दा चलाइएका प्रसाईलाई दुई लाख धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं