Lite Nepal

मंगलबार, आश्विन २०, २०८३

धनकुटा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)   प्रदेश समितिले विष्णुमाया सिघक र गणेश साम्पाङलाई ‘फोनिज पहिचान पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ।

फोनिजको २७औँ स्थापना दिवसका अवसरमा साँगुरीगढी गाउँपालिका–थुम्कीमा आयोजित कार्यक्रममा उनीहरुलाई  जनही १० हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो।

फोनिज प्रदेश अध्यक्ष विजयबोध लावतीका अनुसार पहिचानका विषयमा निरन्तर कलम चलाउने पत्रकारलाई समितिले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष जीतेन्द्र रुम्दाली राईसहित विभिन्न पत्रकार तथा फोनिजका पदाधिकारीले पुरस्कृत पत्रकारद्वयलाई बधाई दिएका थिए। सोही अवसरमा आदिवासी जनजाति पत्रकारिता तालिमसमेत सञ्चालन गरिएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं