Lite Nepal

मंगलबार, आश्विन २०, २०८३

काठमाडौं । यस वर्षको विजया दशमीका दिन टीका लगाउने उत्तम साइत कात्तिक ४ गते बिहान १०: २६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अनुसार विजया दशमीका दिन बिहान ८: ४९ बजे देवी विसर्जनको शुभसाइत रहेको छ। टीका लगाउँदा टीका लगाउने र लगाइमाग्ने दुवै जना पश्चिम मोहडा फर्किनुपर्ने जनाइएको छ।

यस वर्ष असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना हुनेछ। घटस्थापनाको शुभसाइत बिहान ११: ४७ बजे रहेको छ। उक्त दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ।

असोज २६ गते सोमबार बिहान १०: ०७ बजे झण्डा फेर्ने शुभसाइत रहेको छ। झण्डा पश्चिम मोहडा फर्काएर फेर्नुपर्ने जनाइएको छ। असोज २९ गते बिहीबार श्रीपचलीभैरव यात्रा हुनेछ। त्यस्तै, असोज ३१ गते शनिबार फूलपाती मनाइनेछ। सो दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७: ३७ बजे र स्थिरासनको शुभसाइत बिहान १०:३९ बजे रहेको छ।

कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि मनाइनेछ भने कार्तिक ३ गते मंगलबार महानवमी परेको छ। कार्तिक ४ गते बुधबार विजया दशमी, देवी विसर्जन तथा टीका लगाउने दिन हो। सो दिन देवी विसर्जनको शुभसाइत बिहान ८: ४९ बजे र टीका लगाउने उत्तम साइत बिहान १०: २६ बजे रहेको छ।

सोही दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १०: ५१ बजे तथा स्थिरासनको शुभसाइत दिवा ११: ५२ बजे रहेको छ। खड्गयात्रा पनि सोही दिन हुनेछ। यसैगरी, कार्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा गरिनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं