Lite Nepal

बिहिबार, आश्विन २२, २०८३

ललितपुर । रचनाकार, संगीतकार, लोकगायक तथा नाटककार रत्न बेहोसी (रत्न बज्राचार्य)को निधन भएको छ ।

नेपाली तथा नेपाल भाषाको गीत-संगीत क्षेत्रमा लामो समयसम्म योगदान पुर्‍याएका बेहोसीको आज ९१ वर्षको उमेरमा निधन भएको नेवा: पत्रकार दवूका पूर्वअध्यक्ष एवम् सञ्चारकर्मी सुरजवीर बज्राचार्यले जानकारी दिए ।

नेपाली तथा नेपाल भाषा (नेवारी) गीत-संगीत क्षेत्रमा छ दशकभन्दा बढी समय योगदान पुर्‍याएका बेहोसी गायन, संगीत सिर्जना, रचना तथा नाटक क्षेत्रमा सक्रिय छन् । उनलाई नेपाली र नेपाल भाषाको सङ्गीत क्षेत्रका धरोहरका रूपमा स्मरण गरिन्छ ।

विसं २०१३ मा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरी त्यही दिन प्रत्यक्ष प्रसारणमा गीत गाउने सौभाग्य प्राप्त गर्ने अग्रणी गायकमध्ये उनी एक हुन् । कुल १७ जना प्रतिस्पर्धीमध्ये एकल गायकका रूपमा छनोट भएको उनको यो यात्रा नेपाली रेडियो सङ्गीतको प्रारम्भिक इतिहाससँग जोडिएको महत्त्वपूर्ण अध्यायका रूपमा रहेको छ ।

उनका चर्चित गीतहरूमध्ये ‘मलाई मेरो देशको सिन्दूर लाउन मन छ’ (भारती उपाध्यायसँग) र तीर्थकुमारी थापासँग गाएको नेपाल भाषाको चर्चित गीत ‘सु मदुगु ताक स्वया वा’ निकै लोकप्रिय छन् ।

पाटनको भिन्छबहालमा हुर्किएर हाल भोलढोका बस्दै आएका स्वर्गीय बेहोसीका दुई छोराहरू आनन्द र चेतन बज्राचार्य तथा छोरी मुनु बज्राचार्य छन् । स्वर्गीय बज्राचार्यको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

त्यसअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि यहाँको त्यागलस्थित नेपाल भाषा मंका खल:मा राखिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं