Lite Nepal

बिहिबार, आश्विन २२, २०८३

काठमाडौं । अमेरिकाले विदेशी विद्यार्थीले पढाइपछि काम गर्न पाउने ऐच्छिक व्यावहारिक प्रशिक्षण (ओपीटी) का लागि पहिलोपटक ७० हजार अमेरिकी डलर शुल्क प्रस्ताव गरेको छ।

अमेरिकी गृह सुरक्षा विभागका अनुसार ओपीटी नवीकरण गर्दा हरेकपटक ३० हजार डलर शुल्क लाग्नेछ। ओपीटीअन्तर्गत विद्यार्थीले अध्ययनसँग सम्बन्धित क्षेत्रमा एक वर्षसम्म काम गर्न पाउँछन् भने विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयका विद्यार्थीले तीन वर्षसम्म काम गर्न सक्छन्।

अमेरिकी सरकारले भिसा कार्यक्रममा हुने ठगी र दुरुपयोग रोक्न तथा ओपीटीलाई सस्तो विदेशी श्रमको माध्यम बन्न नदिन शुल्क प्रस्ताव गरिएको जनाएको छ। प्रस्तावमाथि ६० दिनसम्म जनताले सुझाव दिन सक्नेछन्। नयाँ व्यवस्था लागू भएमा अमेरिकामा अध्ययन गर्न जाने विदेशी विद्यार्थी, विशेषगरी भारतीय विद्यार्थी प्रभावित हुन सक्ने देखिएको छ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं