Lite Nepal

सोमबार, आश्विन २६, २०८३

काठमाडौं । साउदी अरेबियाको राजधानी रियाधस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा दुई दिनभित्र दोस्रो आक्रमण भएको छ ।

साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार आइतबार भएको घटनामा एक पाकिस्तानी नागरिकको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

साउदी सैन्य प्रवक्ताका अनुसार विमानस्थलको यात्रु कक्षमा क्षेप्यास्त्र खसेपछि आगलागी भएको थियो । यसअघि शनिबार भएको आक्रमणमा १३ जनाको मृत्यु भएको थियो ।

३०८ जना घाइते भएको दाबी गरिएको थियो ।

यमनका हुथी विद्रोहीले दुवै आक्रमणको जिम्मेवारी लिँदै अन्तर्राष्ट्रिय एयरलाइन्स र यात्रुलाई साउदीका विमानस्थल तथा हवाई क्षेत्र प्रयोग नगर्न चेतावनी दिएका छन् ।

हुथी सैन्य प्रवक्ता याह्या सारेईका अनुसार पछिल्लो २४ घण्टामा बलिस्टिक तथा क्रुज क्षेप्यास्त्र र ड्रोन प्रयोग गरी रियाध विमानस्थल, पूर्वी साउदीका तेल पूर्वाधार र दम्माम विमानस्थललाई निशाना बनाइएको छ ।

मक्का र मदिनाबाहेक साउदीका अन्य विमानस्थल पनि सम्भावित निशानामा रहेको बताउँदै उनले सैन्य कारबाही थप तीव्र पार्ने चेतावनी दिएका छन् ।

साउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ता टर्की अल–मालिकीले वायु रक्षा प्रणालीले रियाध विमानस्थलनजिक एउटा क्षेप्यास्त्र निष्क्रिय पारेको बताएका छन् । तर, यात्रु कक्षमा अज्ञात क्षेप्यास्त्र खसेपछि आगलागी भएको उनले पुष्टि गरेका छन् ।

हुथी समूहले यमनमा साउदी समर्थित सरकारी बललाई सहयोग गरिएको र सानास्थित विमानस्थलमा साउदीले हवाई हमला गरेको भन्दै त्यसको जवाफमा आक्रमण गरेको जनाएको छ । –बीबीसी

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं