Lite Nepal

सोमबार, आश्विन २६, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) सेनापछि प्रहरीको कार्यक्रममा सहभागी भएका छन् । उनी सोमबार राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक दीक्षान्त समारोहमा सहभागी भई सम्बोधन गरेका छन् ।

साहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता आवश्यक रहेको बताए । उनले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात् गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाइ निर्देशन दिए ।

‘पेसागत आचरण र अनुशासन कायम गर्दै, संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही रूपमा पालना गर्नु(गराउनु व्यक्तिको पेसागत सफलता रक्षा गर्न अहं आवश्यकता पर्दछ । जिम्मेवारीप्रति जवाफदेहिता पनि महत्त्वपूर्ण पक्ष हो । प्रहरी सेवामा आबद्ध रहँदै गर्दा यी कुरालाई कार्यान्वयन गर्नुहोला,’ उनले भने ।

साहले सधै अग्रभागमा उभिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि स्वतन्त्रताको राष्ट्रिय रूपमा सही ढंगको रक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको बताए ।

‘यो महत्त्वपूर्ण जिम्मेवारी निभाउँदा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी भेदभाव नगरी आफ्नो कर्तव्यमा कटिबद्ध रहनुहोला । एकलभावले आफ्नो भूमिका र संस्थाको गति चल्दैछ भन्ने पाटोलाई बुझेर नागरिक भावनाअनुरूप काम गर्नुपर्छ,’ उनले भने ।

आफ्नो संगठनमा पूर्णप्रतिबद्ध भई सहयोग र सहकार्यसँगै संलग्न रहन आग्रह गर्दै प्रधानमन्त्री साहले सूचना प्रविधिको प्रयोगले कामलाई छिटो, छरितो, सहज र पारदर्शी तुल्याउन सकिने मात्र नभई समयको बचत, समयमै अपराधको अनुसन्धान र समयै घटनालाई नियन्त्रण गर्न सकिने धारणा व्यक्त गरे ।

प्रधानमन्त्री साहले दीक्षित भएका प्रहरीहरुलाई बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्य र सफलताको कामना गरे । उनले प्रहरी सेवामा आबद्ध निरन्तर प्रेरित गर्ने परिवारजनप्रति पनि विशेष आभार व्यक्त गरे । समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए ।

प्रधानमन्त्री बनेलगत्तै उनी नेपाली सेनाको कार्यक्रममा सहभागी भएर सम्बोधन गरेका थिए । अहिले अर्को सुरक्षा निकाय प्रहरीको कार्यक्रममा बालेन सहभागी बनेका छन् । तर अन्य सार्वजनिक कार्यक्रममा भने बालेन उपस्थित हुँदैनन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं