Lite Nepal

सोमबार, आश्विन २६, २०८३

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वलाई लक्षित गरी बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना नगर्न, अस्वाभाविक मूल्यवृद्धि नगर्न र गुणस्तरहीन वस्तुको बिक्री वितरण नगर्न आग्रह गरेको छ ।

विभिन्न बहानामा अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने, अनावश्यक भण्डारण गरी कालोबजारी गर्ने तथा गुणस्तरहीन वस्तु बिक्रीवितरण गर्ने जनगुनासो बढेको जनाउँदै प्रशासनले त्यस्ता गतिविधि नगर्न सम्बन्धित व्यवसायीलाई सचेत गराएको हो ।

आज सूचना जारी गर्दै प्रशासनले खाद्यान्न, दाल, नुन, तेल, चिनी, ग्यास, पेट्रोलियम पदार्थ तथा औषधिजस्ता अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज, सुलभ र नियमित बनाउन सम्बन्धित सबै सरोकार भएका निकायलाई अनुरोध गरेको छ ।

बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने, कालोबजारी गर्ने, कार्टेलिङ गर्ने तथा गुणस्तरहीन वस्तु बिक्री वितरण गर्नेजस्ता गुनासो प्राप्त भएकाले यस्ता गैरकानुनी कार्य नगर्न र नगराउन सचेत गराइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बताए ।

चाडपर्वका समयमा उपभोक्तालाई सहज रूपमा आवश्यक वस्तु उपलब्ध गराउन तथा बजारमा अनुचित गतिविधि नियन्त्रण गर्न प्रशासनले सम्बन्धित सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ । प्रशासनको आग्रह विपरीत कार्य गरेको पाइएमा कानुनी कारबाही हुनेसमेत जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं