Lite Nepal

सोमबार, आश्विन २६, २०८३

जनकपुरधाम । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका मधेश प्रदेशसभा सदस्य अभिराम शर्माको निलम्बन फुकुवा भएको छ। मधेश प्रदेशसभा सचिवालयले असोज २६ गतेदेखि लागू हुने गरी उनको निलम्बन फुकुवा गरिएको सूचना जारी गरेको हो।

तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट निर्वाचित शर्मा हाल जनता समाजवादी पार्टी (जसपा)  नेपालमा आबद्ध छन्। उनलाई मधेश प्रदेशसभाले २०८१ वैशाख १८ गते निलम्बन गरेको थियो।

उच्च अदालत हुँदै सर्वोच्च अदालत पुगेका शर्मा साधारण तारेखमा रिहा भएपछि प्रदेशसभाले उनको निलम्बन फुकुवा गरेको हो।

प्रदेशसभा सचिव बासुप्रसाद कोइरालाद्वारा जारी सूचनामा सर्वोच्च अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ को उपदफा ९२० बमोजिमको सुविधाका आधारमा शर्मालाई २०८३ मंसिर २३ गते साधारण तारेख दिएको उल्लेख छ।

मधेश प्रदेशसभा नियमावली, २०८२ को नियम २१९ को उपनियम ९५० बमोजिम सभामुखले २०८३ असोज २६ गतेदेखि लागू हुने गरी शर्माको निलम्बन फुकुवा गरेको सूचनामा जनाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं