Lite Nepal

मंगलबार, आश्विन २७, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०३ रुपैयाँ २२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८४ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा तोकिएको छ । जापानी येन १ को खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८५ पैसा र बिक्रीदर २२ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४२ रुपैयाँ १२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११ रुपैयाँ ५२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २६ पैसा र बिक्रीदर १५ रुपैयाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २२ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४९८ रुपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ ८२ पैसा बिक्रीदर ४०६ रुपैयाँ ४१ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ७८ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं