Lite Nepal

मंगलबार, आश्विन २७, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्दै छन्।

अर्थमन्त्री वाग्ले आज दिउँसो १:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइ एयरलाइन्सको विमानमार्फत बैंकक प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

विश्वभरका अर्थमन्त्री तथा उच्चपदस्थ आर्थिक अधिकारीहरूको सहभागिता रहने उक्त बैठकका क्रममा अर्थमन्त्री वाग्लेले १६ भन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम तय भएको छ।

बैठकमा सहभागी हुन अर्थसचिव डा. घनश्याम उपाध्याय, अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख एवं सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि बैंकक प्रस्थान गर्ने कार्यक्रम छ।

अन्तर्राष्ट्रिय आर्थिक सहकार्य र विकास वित्तका विषयमा छलफल हुने विश्व बैंक समूह तथा आईएमएफको वार्षिक बैठकलाई विश्व अर्थतन्त्रका समसामयिक चुनौती, आर्थिक स्थायित्व र विकासका प्राथमिकताबारे संवाद गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा लिइन्छ।

अर्थमन्त्री वाग्ले बैठकमा सहभागिता जनाएर आगामी कात्तिक ४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं