Lite Nepal

मंगलबार, आश्विन २७, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनारको भन्दै सार्वजनिक भएको अडियो प्रकरणबारे सर्वत्र चर्चा भइरहे पनि प्रहरीले छानबिन थालेको छैन ।

सत्तारुढ रास्वपाका महामन्त्री विपिन आचार्य स्वयंले विज्ञप्ति जारी गरेर सांसद् सुनारमाथि लागेका आरोप निकै गम्भीर र संवेदनशील भएकाले छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइसकिएको बताएका छन् ।

पार्टीको अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईले पनि अतिसंवेदनशील घटनाबारे छानबिन सुरु गरिसकिएको बताए ।

तर, नेपाल प्रहरीले चाहिँ छानबिनका लागि औपचारिक उजुरी कुरिरहेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता अबि रायण काफ्लेले प्रहरीको कुनै युनिटमा औपचारिक उजुरी नआएको बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं