Lite Nepal

बुधबार, आश्विन २८, २०८३

काठमाडौं । यस वर्षको मनसुन बुधबारदेखि नेपालका सबै भूभागबाट बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार असोज २८ गते मनसुन पूर्ण रूपमा बाहिरिएको हो।

यस वर्ष मनसुन औसत समयभन्दा करिब १२ दिन ढिलो बाहिरिएको हो। नेपालबाट सामान्यतया अक्टोबर २ सम्ममा मनसुन बाहिरिने गर्छ।

महाशाखाका अनुसार असोज १७ गतेदेखि सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी र गण्डकी प्रदेशका पश्चिमी भूभागबाट मनसुन बाहिरिन थालेको थियो।

मनसुन सकिए पनि स्थानीय तथा पश्चिमी वायुको प्रभावका कारण केही स्थानमा मौसममा परिवर्तन आउन सक्ने महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं