Lite Nepal

बुधबार, आश्विन २८, २०८३

काठमाडौं । संसदीय सुनुवाई समितिले बिभिन्न १३ देशमध्ये १० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।

बुधबार बसेको समिति बैठकले भारतका लागि प्रस्तावित राजदूत डा। निश्‍चल नाथ पाण्डे, चीनका लागि प्रस्तावित राजदूत कल्याण राज शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जङ्ग थापा, बेलायतका लागि प्रस्तावित राजदूत गौरव शमशेर जबरा र जर्मनीका लागि प्रस्तावित राजदूत सरू जोशीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।

साथै बैठकले इजरायलका लागि प्रस्तावित राजदूत सुरेश कुमार कर्णको नाम अनुमोदन ओमानका लागि प्रस्तावित राजदूत पदमाक्षी राणा, गणतन्त्र कोरियाका लागि प्रस्तावित राजदूत प्रा डा संगम श्रेष्ठ, स्पेन अधिराज्यका लागि प्रस्तावित राजदूत प्राप्‍ति शेरचन र श्रीलंकाका लागि प्रस्तावित राजदूत डा मंचला कुमारी झाको नाम अनुमोदन गरिएको समिति सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए ।

बैठकले साउदी अरब अधिराज्यका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनारको नाम सर्वसम्मतले अस्वीकृत गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं