Lite Nepal

बिहिबार, आश्विन २९, २०८३

काठमाडौं । पाकिस्तानको पेसावरस्थित एक निजी विद्यालयको छत खस्दा १९ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १८ बालबालिका र एक शिक्षिका रहेका छन् । अन्य ४० जना बालबालिका घाइते भएका छन् ।

बीबीसी उर्दूका अनुसार, यो दुर्घटना पेसावरको ‘दिर कलोनी’ क्षेत्रमा भएको हो ।

लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद आसिमका अनुसार, दुर्घटनापछि १८ बालबालिकालाई मृत अवस्थामा अस्पताल ल्याइएको थियो ।

साथै, एक शिक्षिकाको शव पनि अस्पताल पुर्‍याइएको छ ।

प्रवक्ताले दुर्घटनामा घाइते भएका ४० बालबालिकालाई उपचारका लागि एलआरएचमा भर्ना गरिएको जानकारी दिएका छन् ।

घाइतेमध्ये केही बालबालिकाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अस्पताल प्रशासन ट्रमा सेन्टरमा खटिएको र घाइतेहरूलाई तत्काल आपत्कालीन चिकित्सा सेवा उपलब्ध गराइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं