Lite Nepal

शुक्रबार, आश्विन ३०, २०८३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।

इन्डियन आयल कर्पोरेशनबाट नयाँ खरिद मूल्य प्राप्त भए पनि आसन्न चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गरी निगम सञ्चालक समितिले साबिकको खुद्रा बिक्री मूल्यलाई नै यथावत् राख्ने निर्णय गरेको जानकारी दिइएको छ ।

निगमले बिहीबार जारी प्रेस विज्ञप्तिअनुसार आईओसीबाट २०८३ असोज २९ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गर्नुपर्ने भए पनि उपभोक्तालाई राहत दिने उद्देश्यले हाल कायम बिक्री मूल्यलाई निरन्तरता दिइएको छ।

निगमले सार्वजनिक गरेको मूल्यसूची अनुसार पेट्रोलको पहिलो वर्गको मूल्य प्रतिलिटर १९७५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको १९९ रुपैयाँ र तेस्रो वर्गको २०० रुपैयाँ कायम छ।

त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ प्रतिलिटर रहेको छ।

हवाई इन्धनतर्फ आन्तरिक उडानका लागि प्रतिलिटर २४९ रुपैयाँ कायम गरिएको छ। एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम छ।

निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्दा पनि निगमलाई पाक्षिक रूपमा ३ अर्ब ४५ करोड ८१ लाख घाटा हुने जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं