Lite Nepal

शनिबार, कार्तिक ०१, २०८३

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट आधिकारिक मान्यता पाएसँगै नेपाली क्रिकेटको विश्वसनीयता अन्तर्राष्ट्रिय स्तरमा पुगेको जनाएको छ ।

शनिबार टीयु क्रिकेट ग्राउण्डमा आयोजित पत्रकार सम्मेलनमा क्यानमा सचिव पारस खड्काले एनपीएलले आईसीसीबाट आधिकारिक मान्यता पाएसँगै नेपाली क्रिकेटको उचाई बढेको बताएका हुन् । उनले नेपाल प्रिमियर लिग (एनपीएल) लाई फरक र नयाँ डाइनामिक्सका साथ प्रस्तुत गरिने धारणा राखे ।

एनपीएलमा आइसीसीको एन्टी–करप्सन कोडलाई पूर्ण रूपमा लागू गरिने उनले बताए । सचिव खड्काले स्पट फिक्सिङ, म्याच फिक्सिङ र अन्य नियम उल्लङ्घनका विषयमा आइसीसीको अन्तर्राष्ट्रिय कानून तथा नियमअनुसार नियामक निकायमार्फत कारबाही हुने व्यवस्था गरिएको बताए । .

एनपीएलमा प्रत्येक टिममा ७ जना नेपाली खेलाडी अनिवार्य रूपमा खेलाउनुपर्ने र अधिकतम ८ जनासम्म विदेशी खेलाडीहरू राख्न पाउने प्रावधान रहेको क्यानले जनाएको छ ।

क्यान सचिव खड्काले आगामी नोभेम्बर १९ देखि २१ सम्म नेपालमा आइसीसी एसिया कन्फरेन्स आयोजना हुने जानकारी दिए । सम्मेलनमा एसियाली राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी भई नेपाल प्रिमियर लिग र नेपाली क्रिकेटको विकासबारे छलफल हुने उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं