Lite Nepal

शुक्रबार, कार्तिक ०७, २०८३

काठमाडौं । बडादसैँको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ।

विजयादशमीका दिन टीका लगाउन नभ्याएकाहरू आफन्तकहाँ पुगेर टीका र आशीर्वाद लिइरहेका छन्।

नेपाली परम्पराअनुसार दसैँको टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ। दसैँले टाढिएका आफन्त तथा परिवारजनबीच भेटघाट र पुनर्मिलनको अवसर प्रदान गर्नुका साथै आपसी सद्भाव, विश्वास र भाइचारा बढाउने विश्वास गरिन्छ।

टीका र आशीर्वाद ग्रहण गर्न जानेहरूको चहलपहल बढेसँगै सडक तथा बजारमा सर्वसाधारणको आवागमन बढेको छ। यसैबीच, दसैँ मनाउन सहरबाट गाउँ गएकाहरू पुनः आ–आफ्नो गन्तव्यतर्फ फर्कन थालेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं