Lite Nepal

शुक्रबार, कार्तिक ०७, २०८३

काठमाडौं । अन्तर्राष्ट्रिय हानी नोक्सानी कोषले नेपाललाई २० मिलियन डलर अनुदान दिने भएको छ ।

कात्तिक ५ मा बसेको बोर्डको बैठकले नेपाललाई उक्त सहयोगको निर्णय गरेको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।

”नेपालको जलवायु वित्तमा यो निकै ठूलो सहयोग हो । नेपालको विपद्प्रति संवेदनशील हुँदै विश्वास गरेकोमा अन्तर्राष्ट्रिय समुदाय धन्यवादको पात्र छ,” मन्त्रालयले भनेको छ ।

नेपाल सरकारले अन्तर्राष्ट्रिय ‘हानी नोक्सानी कोष’ सँग आपत्कालीन कोष तत्काल उपलब्ध गराउन भदौ १५ मा पत्राचार गरेको थियो ।

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीको संयुक्त हस्ताक्षरमा कोषको सञ्चालक समिति (बोर्ड) का सह–अध्यक्षहरूलाई सम्बोधन गर्दै आधिकारिक पत्र पठाइएको थियो । त्यसको डेढ महिनापछि कोषले अनुदानको निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं