Lite Nepal

आइतबार, कार्तिक ०९, २०८३

जनकपुरधाम । धनुषामा श्रीमान–श्रीमती मृत भेटिएका छन् ।

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ३ मथिलेश्वरस्थित माइतमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको घाँटीमा धारिलो हतियार प्रहार घाउ भएकाले उनको हत्या भएको प्रहरीले अनुमान गरेको छ ।

रिनाका श्रीमान ३५ वर्षीय उमेश यादव पनि घरभन्दा करिब एक किलोमिटर पर रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

उमेशको घर मिथिला बिहारी नगरपालिका वडा नं ४ भरतपुर हो । उनी केही दिनअघि मात्र वैदेशिक रोजगारबाट घर फर्किएका थिए । उनी हिजो मात्र ससुराली पुगेका थिए ।

मृतक दम्पतीका एक चार वर्षीय छोरासमेत छन् । छोराको एउटा तिघ्रामा पनि हतियार प्रहारको घाउ देखिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओम प्रकाश खनालले घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएको बताए । ‘घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं