Lite Nepal

शुक्रबार, कार्तिक १३, २०८३

काठमाडौँ । नेपाली कांग्रेसले गत असोजमा सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी गरेको छ। त्यसका लागि आवश्यक कागजात तयार पार्ने काम भइरहेको र सम्भव भएसम्म आजै आयोग पुगेर निवेदन दिने तयारी रहेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहणपछि बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले नयाँ कार्यसमितिको विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउने जिम्मेवारी कार्यवाहक मुख्यसचिवलाई दिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार आयोगमा विवरण अद्यावधिक गराउन आवश्यक प्रक्रिया अघि बढाइएको हो।

१५औँ महाधिवेशनबाट कांग्रेसमा २० पदाधिकारीसहित २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ। नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बिहीबारदेखि आफ्नो जिम्मेवारी सम्हालेका छन्।

राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार कुनै पनि राजनीतिक दलले महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेपछि निर्वाचित कार्यसमितिको विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने प्रावधान छ। सोही व्यवस्थाअनुसार कांग्रेसले नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न लागेको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं