Lite Nepal

शनिबार, कार्तिक १४, २०८३

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि आज शनिबार काठमाडौंको माइतीघर मण्डलामा मौन धर्ना आयोजना गर्ने भएको छ।

सरकारले सञ्चारगृहमा प्रवेश गरी पत्रकारहरूमा भय र आतंकको वातावरण सिर्जना गरेको तथा स्वतन्त्र पत्रकारितामाथि प्रत्यक्ष हस्तक्षेप गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको भन्दै महासंघले धर्ना दिन लागेको हो।

महासंघका अनुसार सरकारका प्रेसविरोधी गतिविधि तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध शनिबार बिहान ८ बजेदेखि एक घण्टासम्म मौन धर्ना दिइनेछ।

कार्यक्रममा सम्पूर्ण पत्रकार, नागरिक समाज, मानवअधिकारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई सहभागी हुन महासंघले आह्वान समेत गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं