Lite Nepal

आइतबार, कार्तिक १५, २०८३

काठमाडौं । न्यायपालिकामा भइरहेको भनिएको ‘सेटिङ’ र भ्रष्टाचारविरुद्ध स्वतन्त्र नागरिक अभियानले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

हालै चर्चामा रहेको इनाम सापकोटा प्रकरणलाई आधार बनाउँदै अभियानका अगुवाहरूले न्यायालयको स्वच्छता र पारदर्शिताका लागि उच्चस्तरीय छानबिन समितिको माग गरेका हुन् ।

प्रदर्शनमा सहभागी पूर्वराजदूत डा. निर्मल विश्वकर्माले न्यायालयभित्र सेटिङको माध्यमबाट न्याय किनबेच भइरहेको भन्दै गम्भीर आशंका व्यक्त गरे ।

आन्दोलनरत समूहले न्यायाधीशहरूको कार्यशैलीमाथि प्रश्न उठाउँदै भ्रष्टाचारमा संलग्न न्यायका अधिकारीहरूलाई तत्काल छानबिनको दायरामा ल्याउन माग गरेका छन् ।

उनीहरूले न्यायालयलाई स्वच्छ, स्वतन्त्र र जनउत्तरदायी बनाउनका लागि अविलम्ब स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिएका छन् ।

उनीहरूले आम जनताले सहज र निष्पक्ष न्याय पाउने वातावरण नबनेसम्म आफूहरूको अभियान जारी रहने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं